कनेक्ट आईपीएसको नयाँ योजना, रिफर गर्नेलाई २५ र रिफर पाउनेलाई ५० रुपैयाँ
काठमाडाैँ– कनेक्ट आईपीएसको 'रिफर अ फ्रेण्ड' अफर अन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताहरूले आफ्ना साथी, परिवार तथा आफन्तजनहरूलाई कनेक्ट आईपीएस रजिष्टर हुन रिफर गर्न सक्नेछन् ।
उक्त अफर अन्तर्गत भाद्र १७ गते देखि मंसिर १६ गतेसम्म रिफरीले आफ्नो बैंक खाता भेरिफाई गराएपछि रिफररले २५ रुपैयाँ र रिफरीले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।
अफरको फाइदा लिन रिफररले आफ्ना साथी तथा आफन्तजनहरूलाई आफ्नो रिफरल कोड दिनुपर्ने हुन्छ ।
रिफरीले भने कनेक्ट आईपीएसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरे पश्चात रिफररले २५ रुपैयाँ आफ्नो बैंक खातामा र रिफरीले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्नेछ ।
रिफररले आफ्नो 'रिफरल कोड' सँगै लिंक पनि शेयर गर्न सक्नेछ र रिफरीले उक्त लिंक क्लिक गरी www.connectips.com वा मोबाइल एप मार्फत नयाँ यूजर बनाउन सक्नेछ ।
रिफरीको लिंक गरिएको खाता भेरिफाई भए पश्चात मात्र रिफरल रकम खातामा प्राप्त हुने हुँदा रिफरीले अफर अवधि भित्र खाता भेरिफाई गराई सक्नुपर्ने हुन्छ ।
कनेक्ट आईपीएस, बैंकका ग्राहकहरूका लागि एकै प्लाटफर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फरलगायत विभिन्न भुक्तानीहरू गर्नका निम्ती एक सजिलो माध्यम हो ।
कनेक्ट आईपीएसको वेब मार्फत प्रति कारोबार २० लाख रूपैयाँसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख रूपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ ।
यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, नेपाल पे क्यूआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरू गर्न सकिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया