अर्थ / बाणिज्य

टिपटप मिठाई पसललाई दुई लाख जरिवाना, सञ्चालन गर्न तीन बुँदे आदेश

इकागज |
असोज १, २०८० सोमबार १७:३७ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले टिपटप मिठाई पसललाई रु दुई लाख जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका वडा नं १७ मा सञ्चालित उक्त मिठाई पसलले अखाद्य वस्तु बेचेको पाइएपछि रु दुई लाख जरिवाना गरिएको काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।    
    
 दीपकराज थपलियाले सञ्चालन गरेको उक्त मिठाई पसलले उत्पादन गरेको सामान बिग्रिएको पाइएपछि जरिवाना गरेको प्रहरी प्रमुख पाण्डेले बताए। महानगरपालिकाले पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारीको बोलिवचन सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेश समेत दिएको छ ।    
 



Author

थप समाचार
x