अर्थ / बाणिज्य

उद्योग समितिले असोज १० देखि चाडपर्व लक्षित बजार अनुगमन गर्दै

इकागज |
असोज ४, २०८० बिहीबार १६:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले असोज १० गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ । ​​बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले ६ वटा संसदीय अनुगमन उपसमिति बनाएर बजार अनुगमन गर्न लागेको हो ।

समिति बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले संसदीय अनुगमन उपसमिति बनाएर धनगढीबाट असोज ६ गतेदेखि प्रदेश,स्थानीय सरकारसँग समन्वय गरी बजार अनुगमन गर्न लागेको बताए । उनले बजार अनुगमन नेपाल सरकारका सम्बन्धित निकायहरू, केन्द्रीय, प्रदेश र स्थानीय अनुगमन समितिबाट भए गरेका काम कारबाहीहरूका बारेमा स्थलगत निरीक्षण गरी जानकारी लिने बताए । उनले समितिले अनुगमनका लागि विभिन्न ६ वटा संसदीय अनुगमन उपसमिति गठन गरिएको बताए ।


सभापति खानले उपसमितिहरूले प्रदेशका मुख्य व्यापारिक केन्द्रहरू धनगढी, नेपालगन्ज, सुर्खेत, मोरङ, पोखरा, विराटनगर र वीरगञ्ज लगायतका सहरहरूमा अनुगमन गर्ने उल्लेख गरे । उनले काठमाडौँ उपत्यकाका भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरूमा अनुगमन गर्ने बताए । उनले अनुगमन उपसमितिले सरोकारवाला निकायहरूसँग संसदीय अनुगमन समितिले छलफल समेत गर्ने बताए ।

उनले चाडपर्व लक्षित मूल्य वृद्धि, कालोबजारी, मिसावट र कृतिम अभाव लगायतका विषयमा अनुगमन प्रतिवेदन समितिलाई बुझाउने गरी असोज १० गतेदेखि सञ्चालन गरिने बताए ।


Author

थप समाचार
x