जमुनिया खोलाबाट नदीजन्य पदार्थ उत्खनन र निकासीमा रोक
फाइल तस्बिर
वीरगञ्ज- पर्साको सखुवाप्रसौनी गाउँपालिकाले जमुनिया खोलाबाट नदीजन्य पदार्थ उत्खनन र निकासीमा रोक लगाएको छ ।
गाउँपालिकाको बोर्ड बैठकले सो खोलाबाट हुने नदीजन्य पदार्थको उत्खनन र निकासीमा रोक लगाउने निर्णय भएको वडा नम्बर १ का वडाध्यक्ष बासुदेव महतो थारुले जानकारी दिए ।
खोलामा रहेका बालुवा, गिट्टी र ढुङ्गा गाउँपालिकाको साझा सम्पति रहेकाले यसलाई जोगाउनु सबैको नैतिक कर्तव्य भएकाले खोलाबाट कुनै पनि नदीजन्य पदार्थको उत्खनन र निकासी पैठारीमा रोक लगाउने निर्णय गरिएको वडाध्यक्ष थारुले बताए ।
कसैले खोलाबाट नदीजन्य पदार्थको उत्खनन र निकासी पैठारी गरे ट्याक्टरलाई रु १० हजार र टिपरलाई रु ३० हजार जरिवाना तथा कानुन बमोजिम कारबाही गरिने निर्णय भएको वडाध्यक्ष थारुले बताए ।
सरकारले उत्खनन र निकासी पैठारी गर्न नभने पनि तस्करले नदी र खोलाबाट अवैध रूपमा उत्खनन गरी चोरी तस्करी गर्ने गरेका छन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया