अर्थ / बाणिज्य

जमुनिया खोलाबाट नदीजन्य पदार्थ उत्खनन र निकासीमा रोक

इकागज |
असोज ५, २०८० शुक्रबार २१:४१ बजे

फाइल तस्बिर

वीरगञ्ज- पर्साको सखुवाप्रसौनी गाउँपालिकाले जमुनिया खोलाबाट नदीजन्य पदार्थ उत्खनन र निकासीमा रोक लगाएको छ । 

गाउँपालिकाको बोर्ड बैठकले सो खोलाबाट हुने नदीजन्य पदार्थको उत्खनन र निकासीमा रोक लगाउने निर्णय भएको वडा नम्बर १ का वडाध्यक्ष बासुदेव महतो थारुले जानकारी दिए । 


खोलामा रहेका बालुवा, गिट्टी र ढुङ्गा गाउँपालिकाको साझा सम्पति रहेकाले यसलाई जोगाउनु सबैको नैतिक कर्तव्य भएकाले खोलाबाट कुनै पनि नदीजन्य पदार्थको उत्खनन र निकासी पैठारीमा रोक लगाउने निर्णय गरिएको वडाध्यक्ष थारुले बताए ।

कसैले खोलाबाट नदीजन्य पदार्थको उत्खनन र निकासी पैठारी गरे ट्याक्टरलाई रु १० हजार र टिपरलाई रु ३० हजार जरिवाना तथा कानुन बमोजिम कारबाही गरिने निर्णय भएको वडाध्यक्ष थारुले बताए । 

सरकारले उत्खनन र निकासी पैठारी गर्न नभने पनि तस्करले नदी र खोलाबाट अवैध रूपमा उत्खनन गरी चोरी तस्करी गर्ने गरेका छन् । रासस


Author

थप समाचार
x