एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक
काठमाडाैँ– एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ ।
सो कार्डले ग्राहकहरूको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्द एयरले लिएको छ ।
को–ब्रान्डेड डेबिट कार्डका ग्राहकहरूले काठमाडौँ उपत्यका भित्र रहेका बुद्ध एयरका तीन काउनटरहरू, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउनेछन् ।
यसको साथै ग्राहकहरूले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशुल्क लान सक्नेछन् ।
एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरूलाई शत प्रतिशत भाडा (१००% क्यास ब्याक ) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरूलाई प्रदान गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया