माइडियाको दशैँ तिहार २०८० अफर
काठमाडौँ – नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले यस पालीको दशैँ, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।
माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान) , रेफ्रिजरेसन, वासिङ्ग मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुईँ सम्बन्धी हेरचाह र लाईटिङ्गमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ।
नेपालमा घरायसी सामाग्रीहरूका बजारमा ग्राहक वर्गले असाध्यै रुचाएको माइडिया ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दसैँ र तिहारलाई लक्षित गर्दै 'माइडियाको उत्सव र उमङ्ग, उपहारसँग सबै दङ्ग' भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत माइडियाको ६, ७ र ८ केजी १०० सिरिजका वासिङ्ग मेसिनको खरिदमा ६ केजी एरिअल प्याक, ८ केजी भन्दामाथिका २०० सिरिजका वासिङ्ग मेसिन को खरिद मा माइडियाको इन्डकसन कुकटप (१६०० वाट), डबल डोर रेफ्रीजिरेटरको खरिदमा आइरन, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रीजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकटप (२००० वाट) साथै माइक्रोवेभ ओभनको खरिदमा कुकिङ्ग किट उपहार रहेको छ।
यो ग्राहक योजना भाद्र २८, २०८० देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ।
माइडिया ब्राण्ड माइडिया ग्रुप अन्तर्गतको घरेलु उपकरण व्यवसाय भित्रका १० भन्दा बढी ब्रान्डहरू मध्ये एक हो।
माइडिया ग्रुप एक अग्रणी विश्वव्यापी उच्च–प्रविधि कम्पनी हो, जुन २०२१ को ग्लोबल फर्च्यून ५०० मा २८८ स्थानमा रहन सफल भयो।
माइडिया ग्रुपको व्यापार घरेलु उपकरणहरू भन्दा बाहिर छ जसमध्ये एचभिएसि, रोबोटिक्स र अटोमेसन, स्मार्ट होम र आईओटि, साथै स्मार्ट लजिस्टिक र कम्पोनेन्टहरू जस्ता व्यापार स्तम्भहरू पनि समावेश गर्दछ।
माइडिया ग्रुपका सबै व्यवसायहरूको एउटै क्रेडो मानवीकरण प्रविधिको लागि प्रयासरत छ।
नेपालमा सन् २०२१ देखि चौधरी ग्रुपले माइडिया ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरू मार्फत देशभर वितरण गर्दै आएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया