अर्थ / बाणिज्य

ह्युम पाइप संघको केन्द्रीय अध्यक्षमा कुल प्रसाद आचार्य

इकागज |
असोज ७, २०८० आइतबार २१:३९ बजे

काठमाडौँ - नेपाल ह्युम पाइप संघको केन्द्रीय अध्यक्षमा कुल प्रसाद आचार्य चयन भएका छन् । शनिबार काठमाडौँमा भएको १२औं साधारण सभाबाट अध्यक्षमा सिन्धुपाल्चोकका आचार्य चयन भएका हुन् । संघले अध्यक्षलगायत सम्पूर्ण कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । अध्यक्ष निर्वाचित भगसँगै आचार्यले ह्युम पाइपमा देशलाई आत्मनिर्भर बनाउन पहल गर्ने बताए । 

साधारण सभाले संघको उपाध्यक्षमा मुकुन्द गौतम, हरिहर नेपाल र उपेन्द्र विष्ट, महासचिवमा नारायण बहादुर खत्री, सचिवमा सन्तोष अधिकारी र कोषाध्यक्षमा संजय राज श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरूमा विकेश मानन्धर, गोपाल खड्का, पवन भट्ट, बाबुराम रेग्मी, ज्योति रिजाल र दाउत तामाङ चयन भए । 



Author

थप समाचार
x