कानुनको पालना नहुँदा सरकारको बेरुजु बढ्यो : कार्यवाहक महालेखा परीक्षक काफ्ले
काठमाडौँ - म कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले संसदले बनाएको कानुनको पालना नहुँदा सरकारको बेरुजु बढेको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै महालेखा परीक्षक काफ्लेले यस्तो बताएका हुन् । उनले सरकारका लेखा उत्तरदायी अधिकृतहरुले संसदले कानुन, नीति कार्यक्रम,कार्यान्वयन गर्न बसेको मन्त्रालयको सचिव, लेखा उत्तरदायी अधिकृत र मातहतका संयन्त्रहरुले कानूनहरु पालना नगर्दा समस्या सिर्जना भएको बताए ।
उनले भएको कानूनहरु पालना नभएको काम अडिटरहरुले बेरुजु प्रतिवेदन मार्फत बाहिर ल्याइदिएको दाबी गरे । उनले संसदले पास गरिदिएको बजेट, ऐन कानून अनुसार खर्च हुन नसक्दा समस्या भइरहेको बताए । उनले राज्य काषको पैसा एक रुपैयाँ पनि नियम विपरित खर्च गर्न नपाउने भन्दै पछिल्लो समय एक वर्षमा १ खर्ब १९ अर्ब रुपैयाँको नियम विपरित भइरहेको बताए । उनले यस्तो हुँदा पनि लेखा उत्तरदायी अधिकृत अहिले पनि खुला रुपमा हिँडिरहेको बताए ।
उनले भने, ‘संसदको काम बजेट पास गरिदिने हो । संसदले पास गरिदिएको बजेट संसदले पास गरेको ऐन कानूनअनुसार खर्च गर्नुपर्छ । उसले राज्य काषको पैसा एक रुपैयाँ पनि नियम विपरित खर्च गर्न पाउँदैन । अहिले यहाँ खर्बौंका कामहरु नियम विपरित भइरहेका छन् । १ खर्ब १९ अर्ब रुपैयाँको काम एक वर्षमा नियम विपरितको काम भइरहेको छ । तर पनि लेखा उत्तरदायी अधिकृत अहिले पनि खुला रुपमा हिँडिरहेको छ । उसलाई लेखा उत्तरदायी अधिकृतको ऐन नियममा हेरौं । सबैको काम छुट्याएको छ । कानूनको कमजोरी भएको हो की भन्ने कुरा आए । तर कानूनको कुनै कमजोरी छैन । अडिट वा लेखा राख्नेतर्फ हेर्दा कानून सुधारको आवश्यक छैन । यहाँ कानूनको पालनामा भएको कमजोरीले गर्दा बेरुजु बढिरहेको छ । अडिटरहरुले कानूनमा भएको कमजोरी संसदमा ल्याई दिएको छ । संसदले निर्देशन दिएको छ । तर लेखा उत्तरदायीले काम गर्दैन । महालेखापरीक्षकको कारणले समस्या भएको होइन । संसदले पास गरेको कानून,नीति कार्यक्रम,कार्यान्वयन गर्न बसेको मन्त्रालयको सचिव,लेखा उत्तरदायी अधिकृत र मातहतका संयन्त्रहरुले कानूनहरु पालना नगर्दा समस्या सिर्जना भएको हो । त्यो नभएको काम अडिटरहरुले प्रतिवेदनमार्फत बाहिर ल्याइदिएको हो ।’
उनले अडिट वा लेखा राख्ने सन्दर्भमा कानून सुधारको आवश्यक नभएको भन्दै कानूनको पालनामा भएको कमजोरीले गर्दा बेरुजु बढी रहेको बताए । उनले संसदले निर्देशन दिएपनि लेखा उत्तरदायीले काम नगरेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया