विदेशी मुद्राको विनिमय दर, कति पुग्यो डलरको मूल्य ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.४८ रुपैयाँ रहेको छ र युरोपियन युरो एकको खरिद दर १४०.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.४८ रुपैयाँ कायम गरिएको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.७० रुपैयाँ कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.१६ रुपैयाँ र बिक्री दर ८५.४४ रुपैयाँ तथा क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ ४९ पैसा, बिक्रीदर ९९ रुपैयाँ ९३ पैसामा कारोबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसाले भाउँ पाउँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८५ पैसा र बिक्री दर ९ रूपैयाँ ८९ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ र बिक्री दर ३५.५८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४६ रुपैयाँमा कारोबार गर्ने अनुमति दिएको छ ।
साथै कुवेती दिनार १ को खरिदमूल्य ४२९.९५ पैसा विक्रीदर ४३१.८९ पैसामा कारोबार हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया