रोयल इनफिल्डले गर्याे ‘हन्टर हेरिटेज राइड २०२३’
काठमाडौं– रोयल इनफिल्डको ‘हन्टर हेरिटेज राइड २०२३’ आयोजना भएको छ ।
निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इनफिल्ड” को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वल्ड टुरिजम डे को अबसर पारेर ‘रोयल इनफिल्ड ‘हन्टर हेरिटेज राइड २०२३’ कार्यक्रम आयोजना गरिएको हो । यस राइडमा ४४ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए।
शनिबार बिहान ७ बजे रोयल इनफिल्डको शोरूम टेकुबाट सुरु भएको यो राइड त्रिपुरेश्वर कंलकी स्वयम्भू भगवानपाऊ छाउनी भिमसेनथान बसन्तपुर दरबारमार्ग घण्टाघर शहिटगेट त्रिपुरेश्वर कुपन्डोल पाटनढोका पिम्बहाल मंगलबजार बालकुमारी कोटेश्वर पेप्सीकोला सानो ठिमी हुँदै भक्तपुर दरवार स्क्वायर सम्मको रहेको थियो । बिहानको खाजा खाएपछि राइडरहरूको टोली अनुशासित ढंगले भिन्टेज मोटो क्याफे रोयल इनफिल्ड शोरूम पुगेर कार्यक्रम समापन गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया