यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर
काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा रहेको बेला युराेपियन युरो एकको खरिद दर १३९ रुपैयाँ ६६ पैसा र बिक्री दर १४० रुपैयाँ २९ पैसामा काराेबार गर्न पाइने भएकाे छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १२ पैसा र बिक्री दर १६१ रुपैयाँ ८५ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.८४ रुपैयाँ र बिक्री दर ८५.२२ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८७ पैसामा खरिदबिक्री गरिनेछ ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८ रुपैयाँ ८९ पैसा कायम हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ७८ पैसा र बिक्री दर ९ रूपैयाँ ८२ पैसामा काराेबार हुनेछ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसामा खरिदबिक्री गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ र बिक्री दर ३५.५१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.१ रुपैयाँ र बिक्री दर २८.२३ रुपैयाँ कायम गरिएकाे छ ।
कुवेती दिनार १ को खरिद मूल्य ४२८.८३ पैसा र विक्रीदर ४३०.७८ पैसा कायम गरिएकाे जनाइएकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया