अर्थ / बाणिज्य

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

इकागज |
असोज १८, २०८० बिहीबार ६:५१ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  


नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८९ पैसा र बिक्री दर १३३ रुपैयाँ ४९ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३९ रुपैयाँ ५६ पैसा र बिक्री दर १४० रुपैयाँ १९ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १६ पैसा र बिक्री दर १६१ रुपैयाँ ८८ पैसा कायम हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८३.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.३४ रुपैयाँ तथा क्यनेडियन डलर खरिदमा ९६ रुपैयाँ ९१ पैसा, बिक्रीदर ९८ रुपैयाँ ३५ पैसामा कारोबार गर्न सकिनेछ । 

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९५ पैसामा खरिदबिक्री गर्न अनुमति पाउँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ७९ पैसा र बिक्री दर ९ रूपैयाँ ८४ पैसामा खरिदबिक्री हुनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा कायम रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ र बिक्री दर ३५.५९ रुपैयाँ कायम गरिएको छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२२  रुपैयाँमा कारोबार हुनेछ ।

साथै कुवेती दिनार १ को खरिद मूल्य ४२९.७२ पैसा तथा विक्रीदर ४३१.६६ पैसा कायम भएको छ ।


Author

थप समाचार
x