नाडामा प्रि बूक गरिएका सिट्रोनका गाडीहरू ग्राहकले दशैँअघि पाउने, शुरु भयो डेलिभरी
काठमाडौँ – नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकलाई दशैँअघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ ।
हालै सम्पन्न भएको नाडा अटो शोमा प्रायः ग्राहकहरूले सिट्रोनको नयाँ विद्युुतीय गाडी सिट्रोन ई सि थ्रि र पेट्रोल गाडी सिट्रोन सि थ्री बुकिङ गरेका थिए ।
सिट्रोन ई सि थ्री भारतमा बनेको कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा आकर्षक मूल्यमा उपलब्ध ईभी हो । आफ्ना ग्राहकहरूको उत्साहजनक प्रतिक्रियाको लागि कृतज्ञता व्यक्त गर्न सिट्रोनले दशैँ अगावै गाडीहरूको डेलिभरी प्रक्रिया सुरु गरेको कम्पनीले जनाएको छ ।
सांग्रिला मोटर्स प्रालिका म्यानेजिङ डाइरेक्टर हेमन्त गोल्छाले भने, ‘नाडा अटो शोमा हाम्रा ग्राहकहरूले देखाउनुभएको माया र साथ प्रति हामी आभारी छौँ । जति पनि गाडीहरू नाडा अटो शोमा बूक भएका थिए तिनीहरू सबै दशैं अगाडि नै उहाँहरूको हातमा पुर्याइसक्ने उद्देश्यले हामीले यी गाडीहरूको डेलिभरी पनि सुरु गरिसकेका छौँ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया