अर्थ / बाणिज्य

माओवादीकै केन्द्रीय सदस्य भएकाले ल्हारक्याल लामालाई नियुक्ति गर्न सहज भयो : मन्त्री किराती

'निगमसँग १ अर्ब ६५ करोड रकम छ'

इकागज |
असोज १८, २०८० बिहीबार १४:४८ बजे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति गर्न आफ्नो पार्टीको केन्द्रीय सदस्य भएकाले सहज भएको बताएका छन् ।​

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदले सोधका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले लामा नेकपा (माओवादी केन्द्र) का सदस्य भएको र गुम्बा विकास समितिको अध्यक्ष भइसक्नुका साथै एमाले र माओवादी पार्टीबाट पनि पटक-पटक मन्त्री र सांसद भइसकेकाले पनि योग्य व्यक्ति भएको बताउ ।


उनले २०४२ को दफा ८ को 'ख' बमोजिम नियुक्ति गरेको बताए ।

मन्त्री किरातीले नेपाल वायुसेवा निगम ४८ अर्ब ऋणमा रहे पनि आफू मन्त्री बनेर आइसकेपछि ४ अर्ब ऋण तिरिसकेको जिकिर गरे । उनले अहिले निगमसँग १ अर्ब ६५ करोड रकम रहेको र त्यसले साना जहाज खरिद प्रक्रियामा लागेको बताए । उनले इतिहासदेखि अहिलेसम्मको ऋण मुक्त हुने गरी निगम नाफामा नभए पनि आफू आइसकेपछि सञ्चालन कस्टमा नाफा भएको दाबी गरे ।


Author

थप समाचार
x