अर्थ / बाणिज्य

मंसिर १४ देखि १८ गतेसम्म काठमाडौँमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै

इकागज |
असोज २२, २०८० सोमबार १८:३३ बजे

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारको सहकार्यमा आगामी मंसिर १४ देखि १८ गतेसम्म नेपाल अन्तराष्ट्रिय व्यापार मेला गर्ने भएको छ । सोमबार टेकुस्थित महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महासंघले जानकारी दिएको हो ।

महासंघले नेपाल सरकारको सहयोगमा आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौँमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गत वर्ष कोभिडको कारण निरन्तरता पाउन नसकेको मेला यो वर्ष आयोजना गर्न लागेको बताए । उनले नेपाल सरकारसँगको सहकार्यमा आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौँमा हुन लागेको बताए ।


ढकालले उक्त मेलाका लागि ५० प्रतिशत भन्दा बढी स्टलहरू बुकिङ भइसकेको बताए । उनले मेलामा करिब ३ सय स्टलहरू रहने बताए । उनले मेलामा ७० भन्दा बढी चीनबाट  र ८० भन्दा बढी स्टल बुकिङ भारतबाट भएको उल्लेख गरे ।

उनले मेलामा बंलादेशबाट पनि ४० भन्दा बढी स्टल बुकिङ गरेको बताए । उनले लामो समयपछि अन्तर्राष्ट्रिय व्यापार मेला हुन लागेकाले अन्तर्राष्ट्रिय व्यापार महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको बताए ।


Author

थप समाचार
x