लाइसेन्स नभए वाकीटकीको बिक्री र विज्ञापन गर्न नपाइने
काठमाडौँ- वाकीटकी तथा रेडियो फ्रिक्वेन्सीहरूको बिक्री र आयात अनुमति लिएर मात्र गर्न पाइने भएको छ । पछिल्लो समय सामाजिक सञ्जाल र वेभसाइटमा विज्ञापन गरी बिक्री वितरण गरेकाले सूचना तथा प्रसारण विभाग सञ्चारग्राम काठमाडौँले लाइसेन्स नलिइकन अवैधानिक रुपमा बिक्री वितरण भइरहेकाले आपत्ति जनाएको छ ।
विभागले अनुमति नलिइकन बिक्री गर्न नपाइने र आयात तथा बिक्री वितरण भइरहेको कार्यलाई तत्काल रोक्नलाई अनुरोध गरेको छ । वाकीटकी जस्ता उपकरणहरूको वेभसाइट र सामाजिक सञ्जालमा विज्ञापन नगर्न पनि विभागले अनुरोध गरेको छ । कानुनबमोजिम कारबाही गरिने पनि विभागले चेतावनी दिएको छ ।
नेपालमा वाकीटकी लगायतका रेडियो फ्रिक्वेन्सी प्रयोग भइ सञ्चालन हुने रेडियोहरूको आयात गर्न, बिक्री वितरण गर्न, राख्न तथा प्रयोग गर्नका लागि रेडियो ऐन २०१४ तथा रेडियो ( सञ्चार) लाइसेन्स नियमावली, २०४९ बमोजिम लाइसेन्स लिनुपर्ने प्रावधान छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया