सिवाइसी लघुवित्तले सदस्यकाे परिवारमा कसैकाे मृत्यु र सुत्केरी हुँदा पनि सहयोग गर्छ : प्रमुख शर्मा
काठमाडाैं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डोलेन्द्रप्रसाद शर्माले संस्थाका सदस्य महिलाहरु सुत्केरी भए संस्थाका कर्मचारी ३ हजार रकम लिएर घरमै जाने गरेकोे बताएका छन् । सवाइसी लघुवित्तले सदस्यकाे परिवारमा कसैकाे मृत्यु र सुत्केरी हुँदा उक्त रकम अनुदानस्वरुप सहयोग गर्ने गरेको उनले एक कार्यक्रमका बीच बताए ।
शर्माले संस्थाले सदस्यहरुका घरमा मृत्यु भएमा काजक्रिया खर्च बापत १२ हजार ५ सय रुपैयाँ किरिया खर्चसमेत अनुदान स्वरुप दिने गरेको छ । प्रमुख शर्माले सदस्यका छोराछोरीहरुको अध्ययनका लागि उच्च शिक्षा अध्ययनसम्म गर्न संस्थाले जिम्मेवारी लिने गरेको बताए । उनले यसका लागि ५ करोडको अक्षयकोष स्थापना गरेको जानकारी समेत दिए ।
संस्थाले पढाईबाट वञ्चित भएका सदस्यका आश्रिहरुका लागि स्थानीय सरकारसँग समन्वय गरेर पढाउने व्यवस्था गरेकोे जानकारी दिए। सिवाइसी लघुबित्त संस्थाले सदस्य ऋणीको कर्जा लिएको समयमै मृत्यु भएमा कर्जा लिएको रकमसमेत फिर्ता हुने र बाँकी रहेको सम्पूर्ण कर्जा मिनाहा गरिने उनले जानकारी दिए । सिवाइसीले सदस्यहरु बिरामी हुँदा र औषधि गर्नुपरेमा १५ हजार रकम समेत अनुदान दिने गरेको शर्माकाे भनाइ छ । सदस्यहरुको सबै किसिमका बीमा, बाढीपीडितहरुको लागि राहत तथा उद्धार लगायतका विभिन्न किसिमका सेवा तथा सुविधाहरु संस्थासंग भएको बताए। सदस्यले चाहेको समयमा बचत गर्न र झिक्न सजिलोसंग पाउने गरि संस्थाले कार्यविधि बनाएकाे छ ।
‘लघुवित्तले ठगेको होइन, धेरै नै राम्रो काम गरेको छ । हामीले स्थानीय स्तरमा भनेका छौँ, संस्थाले राम्रो गरेको छ भने हामीलाई काम गर्ने वातावरण मिलाईदिनुस, यदि त्यस्तो गरेका छैनन् भने हामीलाई काम गर्न सल्लाह दिनुहोस्, यद्धपि सल्लाह पनि मान्दैनन् भने हामीलाई यहाँबाट निस्कासन गरिदिनुस’ उनले भने । ‘हामी स्थानीय स्तरमा सीमान्तकृत, विपन्न बेसहारालाई केही सहयोग गर्न आएका हौँ,’, ‘मैले ४० ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरे, जनप्रतिनिधि सबैले राम्रो रहेछ भन्नुभएको छ, तर पछिल्लोसमय राम्रो काम गर्दागर्दै पनि विभिन्न काम गरेर संस्थाको बदनाम गरिएको छ । त्यो बदनाम पनि मिटरब्याजीले गरेका छन् ।
यस संस्थामा आकस्मिक कर्जाको व्यवस्थासमेत भएको हुँदा जुनसुकै समयमा पनि करिब ३० हजार रकम पाउने गरेको बताए । यस संस्थामा महिला र पुरुष दुवै भएको उनको भनाइ छ । संस्थाले सदस्यहरुलाई दिएको रकमले व्यवसाय गर्दा गर्दै विपदबाट क्षति भएमा पुनः केही राहतस्वरुप उपहारसमेत दिने गरेको छ। धेरैजसो वित्तीय संस्थाले बाटोमै भेटेर सदस्य बनाएको, संस्थाबारे केही पनि जानकारी नदिएको गुनासो आईरहेको भन्दै लघुवित्तका बारेमा गलत सूचना फैलिएको स्वीकार गरे। उनले राज्य पनि पछिल्लो समय मुकदर्शक बनेर अराजकतालाई प्रसय दिएको आरोप लगाए । सिवाइसी वित्तीय संस्था पहिले एनजिओको रुपमा काम गरेकोमा पछि लघुवित्तमा परिणत भएको उनको दावी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया