यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८१ पैसा र बिक्री दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४० रुपैयाँ ८३ पैसा र बिक्री दर १४१ रुपैयाँ ४७ पैसा कायम गरिएकाे छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ २० पैसा र बिक्री दर १६३ रुपैयाँ ९३ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२४ रुपैयाँ र बिक्री दर ८५.६३ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९ पैसामा काराेबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसामा काराेबार हुदाँ दक्षिण काेरियाली वन १०० को खरिदमा ९ रूपैयाँ ९१ पैसा र बिक्री दर ९ रूपैयाँ ९७ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४१ रुपैयाँ र बिक्री दर ३५.५७ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.१५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२७ रुपैयाँमा काराेबार गरिनेछ ।
साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.६५ पैसा र विक्रीदर ४३१.५९ पैसामा काराेबार हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया