लाइसेन्सको नवीकरण, वर्ग थप र राजस्व भुक्तानी अनलाइन प्रक्रियाबाटै गर्न सकिने
काठमाडौँ- सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण, वर्ग थप र राजस्व भुक्तानी अनलाइन प्रक्रियाबाटै गर्न सकिने भएको छ ।
बिहीबार ललितपुरको एकान्तकुनामा सवारी चालक अनुमतिपत्रको अनलाइन राजश्व भुक्तानीसहितको विद्युतीय सेवा प्रवाह प्रणाली विस्तार सेवाको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले शुभारम्भ गरे ।
विद्युतीय सेवा प्रवाह प्रणाली विस्तार सेवाको शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनतालाई सहज रुपमा सेवा दिनका लागि सेवा शुभारम्भ सुरु गरिएको बताए । उनले सहयोगका नाममा सेवाग्राहीहरूलाई दु:ख दिने काम गरेको भन्दै कर्मचारीहरूले नै यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राखे ।
कर्मचारीहरूले सेवाग्राहीलाई सहज रूपमा सेवा दिन विचौलियाहरू कम हुँदै जाने उनको भनाइ छ । त्यस्तै मन्त्री ज्वालाले आगामी ६ महिनामा सवारी चालक अनुमतिपत्र वितरणको काम सहज हुने बताए । छिट्टै १२ लाख स्मार्ट लाइसेन्स आउने र त्यसपछि स्मार्ट लाइसेन्सको अभाव हट्ने दाबी गरे ।
त्यस्तै बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लम्सालले वर्षमा औसत ६ लाख यातायात कार्यालयमा आउने गरेको भन्दै उनीहरूलाई सहज रूपमा सेवा दिन कर्मचारीहरू तत्पर हुनुपर्ने बताए । यातायात कार्यालयप्रति जनमानसको सोचाइलाई परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ छ ।
उनले यातायात सम्बन्धी सम्पूर्ण सेवाहरूलाई सहज रूपमा बढाउनका लागि आवश्यक तयारी भइसकेको बताए । सरकारले उपत्यकापछि देशैरभर यातायात कार्यालयलाई अनलाइनमैत्री बनाउने तयारी गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया