अर्थ / बाणिज्य

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

इकागज |
असोज २६, २०८० शुक्रबार ७:१३ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ १४ पैसा र बिक्री दर १४१ रुपैयाँ ७८ पैसा कायम भएको छ ।


बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४१ पैसा र बिक्री दर १६४ रुपैयाँ १४ पैसामा कारोबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.१२  रुपैयाँ र बिक्री दर ८५.५१  रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसामा कारोबार हुनेछ । 

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९५ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्री दर ९ रूपैयाँ ९९ पैसामा खरिद बिक्री गर्न सकिनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ र बिक्री दर ३५.५९  रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३३ रुपैयाँमा कारोबार गरिने छ । 

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.९६ पैसा र विक्रीदर ४३१.९ पैसामा कारोबार हुनेछ ।


Author

थप समाचार
x