खतिवडाको विवादास्पद कर छुट पौडेलले उल्टाए (कुनमा बढ्यो, कुनमा घट्यो)
काठमाडौँ : चालु आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक ऐनमार्फत चकलेटमा दिएको भन्सार महसुल छुट दिने व्यवस्था उल्टिएको छ । चकलेटमा लाग्दै आएको ४० प्रतिशत भन्सार महसुल घटाएर ३० प्रतिशत पुर्याएपछि खतिवडा विवादमा तानिएका थिए । उनले विशाल ग्रुपलाई पोस्न चकलेटमा कर घटाएको आरोप खेप्नुपर्यो ।
खतिवडाको अर्थमन्त्रीकालमा एक सार्वजनिक कार्यक्रममा पौडेललाई प्रश्न गरिएको थियो, 'एकजना पूर्व अर्थमन्त्रीका रूपमा यहाँलाई वर्तमान अर्थमन्त्री (खतिवडा)का नीति कस्तो लागेको छ ?' जवाफमा उनले भनेका थिए, ‘कम्युनिष्ट पार्टीमा व्यक्ति गौण हुन्छ । व्यक्ति जोसुकै भएपनि पार्टीको नीति कार्यान्वयन गर्ने हो ।’ तर पौडेलको कर नीतिले खतिवडाको उक्त नीति पार्टीको नीति नभएको स्पष्ट पारेको छ । जसले खतिवडा निश्चित व्यापारिक घराना पोस्न खोजेको आरोपमा लाञ्छित भएका थिए । तर पौडेल त्यसबाट बच्न हो वा आफ्नो छवि बनाउन निकै ‘स्मार्ट’ देखिएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले विवादास्पद कर छुटको व्यवस्था उल्टाएका हुन् । आर्थिक अध्यादेशमा चकलेटमा भन्सार महसुल बढाएर ४० प्रतिशत पुर्याइएको छ । आन्तिरिक उत्पादनलाई टेवा पुग्ने भन्दै आयातित चकलेटमा भन्सार महसुल बढाइएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
विद्युतको आन्तरिक खपत वृद्धि गर्नुपर्ने समयमा विद्युतीय सवारीको कर बढाएको भन्दै खतिवडामाथि आलोचना भएको थियो । आर्थिक अध्यादेशअनुसार विद्युतीयसवारी साधनको आयातमा लाग्ने अन्तःशुल्क पुरै खारेज गरिएको छ । इन्डक्सन चुल्होको भन्सार महसुल दर घटाएर एक प्रतिशत कायम गरिएको छ भने रेफ्रिजेरेटर, ग्राइन्डर, राइसकुकर, पङ्खा लगायतका विद्युतीय उपकरणको अन्तःशुल्क खारेज गरी भन्सार महसुल घटाइएको छ।
यी वस्तुमा बढ्यो भन्सार महसुल
वस्तु |
पुरानो भन्सार |
नयाँ भन्सार |
कोका पाउडर |
३० |
४० |
चकलेट |
३० |
४० |
अनएसेम्बल्ड इलेक्ट्रिक सवारी |
८० |
१० |
अनएसेम्बल्ड तीन पांग्रे सवारी |
३० |
१० |
विद्युतीय होम एप्लायन्सको आयातमा भन्सार महसुल छुट
सामान |
पुरानो भन्सार दर |
नयाँ भन्सार दर |
पंखा |
१५ |
१० |
एयर भ्याक्युमको पार्ट्स |
१५ |
१० |
रेफ्रिजिरेटर्स, फ्रिजर |
२० |
१५ |
इलेक्ट्रिक स्टोरेज वाटर हिटर |
१५ |
१० |
भाडा माझ्ने मेसिन |
३० |
२० |
वासिङ मेसिन |
३० |
२० |
मिक्सर, ग्राइन्डर |
१५ |
१० |
इलेक्ट्रिक होम एप्लायन्स |
१५ |
१० |
हेयर ड्रायर |
१५ |
१० |
राइस कुकर |
१५ |
१० |
इलेक्ट्रो केटल |
१५ |
१० |
इलेक्ट्रो थर्मिक कफी मेकर |
१५ |
१० |
इलेक्ट्रो थर्मिक टोस्टर |
१५ |
१० |
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया