अर्थ / बाणिज्य

कास्कीमा चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ

इकागज |
असोज २७, २०८० शनिबार १४:१८ बजे

पाेखरा- चाड पर्वलाई लक्षित गरी जिल्ला प्रहरी प्रशासन कास्कीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

विगतमा भएका घटनाहरूलाई मूल्यांकन गरी जिल्ला प्रहरी प्रशासन कास्कीले सुरक्षा व्यवस्थामा कडाइ गरेको प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले बताएका हुन् । उनका अनुसार प्रहरीहरू विभिन्न स्थानमा सुरक्षाका लागि तैनाथ गरिएको छ । चोरीजन्य विकृतिहरू चाडपर्वमा बढ्ने र मादक पदार्थ सेवा गरी सवारी साधन चलाउने प्रवृत्ति बढ्ने भन्दै त्यसैलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा बनाइएको बताए ।


भीडभाड हुने स्थानलाई केन्द्रित गरेर सुरक्षा योजना बनाएको बताए ।

उनले चाडपर्वलाई लक्षित गरी जिल्ला सिमानामा हुने लागूऔषध ओसारपसार रोक्न र हुन नदिनका लागि तालिम प्राप्त कुकुरसहितको टोली तैनाथ गरिएको बताए ।


Author

थप समाचार
x