अर्थ / बाणिज्य

आजदेखि नयाँ नोट साट्‌न पाइने, एक जनाले १८ हजार ५ सयसम्म पाउने

इकागज |
असोज २९, २०८० सोमबार ७:३१ बजे

काठमाडौं- आजदेखि नयाँ नेपाली रुपैयाँ साट्न पाइने भएको छ । 

नेपालीहरूको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आज देखी नयाँ नोट साटन पाइने भएको हो । 


जसका लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा सर्ब साधारणलाइ दिँदैछ । जसअनुसार नेपाल राष्ट्र बैंकले काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुविधा दिएको हो । 

उता, काठमाडौँ उपत्यका बाहिरको हकमा भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभिन्न वाणिज्य बैंकका शाखा कार्यालयमा गइ नयाँ नोट साट्न सकिने गरी व्यवस्था मिलाएको छ ।

राष्ट्र बैंकले हरेक वर्ष दशै‌ अगाबै चाडबाडको अवसरमा नयाँ नोट सटहीको सुविधा सर्वसाधारणलाइ दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै ५, १०, २०, ५० र एक सय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बै‌कले जनाएको छ । प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।


Author

थप समाचार
x