नयाँ नोट साट्न राष्ट्र बैंकमा भिड (फोटो फिचर)
नेपाल राष्ट्र बैंकमा नयाँ नोट साट्नका लागि लागेको लाइन । तस्बिर : अनुज बज्राचार्य
काठमाडौँ- आजदेखि नयाँ नेपाली रुपैयाँ साट्न सुरू भएको छ ।
नेपालीहरूको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आजदेखि नयाँ नोट साट्न सुरू भएको हो ।
जसका लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा सर्वसाधारणलाई दिएको छ । जसअनुसार नेपाल राष्ट्र बैंकले काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुविधा दिएको हो ।
उता, काठमाडौँ उपत्यका बाहिरको हकमा भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभिन्न वाणिज्य बैंकका शाखा कार्यालयमा गइ नयाँ नोट साट्न सकिने गरी व्यवस्था मिलाएको छ ।
राष्ट्र बैंकले हरेक वर्ष दशै अगाबै चाडबाडको अवसरमा नयाँ नोट सटहीको सुविधा सर्वसाधारणलाइ दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै ५, १०, २०, ५० र एक सय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैकले जनाएको छ । प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकमा नयाँ नोट साट्न लाइन लागेको तस्बिर इकागजकर्मी अनुज बज्राचार्यले खिचेका छन् :
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया