लगनखेलका मासु पसल अधिकांश मापदण्डविपरीत
फाइल तस्बिर
पाटन (ललितपुर)- लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोली बजार अनुगमनमा जाँदा लगनखेलको इटिटोल र लगनखेल बजारका अधिकांश मासु पसल तथा केही फलफूल तथा जुस पसल मापदण्ड विपरीत चलेको, म्याद नाघेका जुस भेटिएको हो ।
'लगनखेलका मासु तथा फलफूल पसल मापदण्डअनुसार नचलेको, गुणस्तर कायम नगरेको पाइयो, अनुगमन गरेकामध्ये दुई वटा मासु पसल र दुई वटा फलफूल तथा जुस पसललाई रु १० हजारका दरले जरिवाना र सचेत गराएका छौँ,' सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले भने ।
अनुगमनका क्रममा लगनखेलको तरकारी बजारभित्रको शिव फलफूल जुस पसलमा म्याद नाघेका रियल जुसका प्याकेट भेटिएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले हरेक महिना तालिका बनाएर छड्के अनुगमन गर्ने जानकारी गराए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया