सीजी डिजिटलको २५ औँ शोरुम बनेपामा
काठमाडाैँ – चौधरी ग्रुप अन्तर्गतको नयाँ तथा भब्य मल्टि ब्रान्ड शोरुम सि.जी. डिजिटलको २५औँ शाखा बनेपामा खोलिएको छ । बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य र सि.जी. इलेक्ट्रोनिक्सका उपाध्यक्ष एस.सि.साबुको उपस्थितिमा साेमबार शोरुमको उद्घाटन भएको हाे ।
सि.जी. डिजिटल शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरू एल.जी., सि.जी., टिसिएल, गोद्रेज, सेन्साई, माईडिया, बेको, ब्ल्याक+डेकर, केन्ट, एलिका र क्रमटन लगायतका विभिन्न घरायसी विद्युतीय सामग्रीहरू जस्तै : एल.इ.डि.टि.भी., वासिङ मेसिन, फ्रिज, माईक्रोवेभ ओभन, भ्याकुम क्लिनर, डिसवासर, एर प्युरिफायर, म्युजिक सिस्टम लगायत अन्य थुप्रै स्मार्ट डोमेस्टिक अप्लाएंसेस तथा स्मार्ट होम अप्लाएंसेसहरू रहने छन् ।
बनेपाको स्थानीय बजारमा आफ्ना सामानहरूको प्रदर्शन, बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकसेवा, विद्युतीय सामग्रीहरूका उपयोग विधि तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्यसहित यो शोरुम सञ्चालन गरिएको छ ।
दक्ष तथा अनुभवी बिक्री प्रतिनिधिहरूबाट यहाँ भएका विद्युतीय सामग्रीहरूको पूर्ण जानकारी पनि लिन सकिने छ । यो शाेरुम हप्ताको सातै दिन बिहान १०ः०० देखि बेलुका ७ः३० बजेसम्म खुल्ला रहने छ ।
बनेपाको बुडोलमा खोलिएको यस सि.जी. डिजिटल शोरुममा ओपनिङ्गको अवसरमा ४०% सम्म छुट, ०% किस्ता बन्दी , फ्री गिफ्टहरू का साथै एक्सचेन्ज अफर को पनि सुविधा रहेको छ ।
साथ प्रोडक्ट लाइभ डेमो, कुकिङ क्लास र प्रिभेन्टिभ मेन्टिनेन्स सर्भिस( पिएमएस)को पनि व्यवस्था गरिएको छ ।
चौधरी ग्रुपले काठमाडौँ लगायत काठमाडौँ बाहिर इटहरी, हेटौडा, भरतपुर, विराटनगर र पोखरामा पनि सि.जी. डिजिटल शोरुम सञ्चालन गरिसकेको छ ।
यो संगै बनेपामा खोलिएको यस सि.जी. डिजिटल शोरुम अब २५ औ शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरू देशका विभिन्न शहरमा बिस्तार गरिने पनि जानकारी गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया