अर्थ / बाणिज्य

अर्थतन्त्र बिस्तारै लयमा फर्किंदै छ : अर्थमन्त्री महत

इकागज |
असोज २९, २०८० सोमबार १५:२१ बजे

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको बताएका छन् ।​ सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले समग्रमा देशमा अनेकन समस्याहरू रहेको भन्दै सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह गरे । उनले अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको बताए । उनले अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै यसका लागि सबै पक्षहरू एकजुट भएर लाग्नुपर्ने बताइ ।


मन्त्री महतले अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको बताए ।


Author

थप समाचार
x