अर्थ / बाणिज्य

रियलमीकाे ‘दसैँतिहार उमंग, उपहारले सबै दंग' याेजना सार्वजनिक

इकागज |
असोज ३०, २०८० मंगलबार १४:५४ बजे

काठमाडौँ- टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरूको महान चाड विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा ‘दसैँ तिहार उमंगः उपहारले सबै दंग’ योजना ल्याएको छ ।

यही असोज २८ गतेदेखि कात्तिक २९ गतेसम्म लागू हुने यस क्याम्पेन अन्तर्गत ग्राहकले वासिङ मेसिन (७ केजी अटो), स्कुटर र रियलमी जीटी–२ प्रो जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 


रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, ‘नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पारेर हामीले यो क्याम्पेन ल्याएका छौँ, रियलमी ब्रान्डप्रति नेपाली ग्राहकले देखाउनुभएको माया र साथप्रति हामी सदैव आभारी छौँ र उहाँहरू सम्पूर्णमा हामी रियलमीको तर्फबाट विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ ।’

यस क्याम्पेन अन्तर्गत ग्राहकले दैनिक रुपमा २.२ लिटरको कोनका राइस कुकर, सफारी ब्याकप्याक, कोनका इलेक्ट्रिक मिक्सर र कोनका इन्डक्सन जित्न सक्नेछन् भने साप्ताहिक रुपमा नार्जो एन ५३ (६ जीबी, १२८ जीबी) जित्न सक्नेछन् । त्यस्तै बम्पर उपहारमा कोनका वासिङ मेसिन (७ केजी अटो), कोनका ५५ इन्च ४ के टीभी, रियलमी जीटी २ प्रो र टीभीएस एनटर्क स्कुटर जित्न सक्नेछन् ।

यस क्याम्पेनमा सहभागी हुनका लागि ग्राहकले रियलमीक्याम्पिङ डटकममा गएर आफूले खरिद गरेको नयाँ स्मार्टफोनको आईएमईआई नम्बर, फोन नम्बर, स्मार्टफोन मोडल र आफ्नो नामजस्ता विवरण उपलब्ध गराउनुपर्ने हुन्छ ।


Author

थप समाचार
x