अर्थ / बाणिज्य

राष्ट्रिय पारा खेलाडीहरूको साथमा एनसेल

खेलाडीहरू आजै हृङजाओ  प्रस्थान गर्दै

इकागज |
असोज ३०, २०८० मंगलबार १४:५१ बजे

काठमाडौँ– यही कार्तिक ०५ गते देखि ११ गतेसम्म चीनको हृङजाओ शहरमा हुन गइरहेको चौथौ पारा एसियन गेम्समा देशको प्रतिनिधित्व गर्दै सहभागी सबै राष्ट्रिय पारा खेलाडीहरूलाई एनसेल ऐतिहासिक सफलताको शुभकामना व्यक्त गरेको छ ।

आफ्नो ब्रान्ड थिम ‘हामी तपाईंकै लागि‘ अन्तर्गत राष्ट्रिय पारा टिमसँग आबद्ध हुन एनसेल अत्यन्तै गौरवान्वित  भएको कम्पनीले जनाएको हो ।  


पारा एसिएन गेम्स २०२२ मा विभिन्न १० वटा खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा टिमका खेलाडी तथा प्रशिक्षकलाई एक बिदाई कार्यक्रम आयोजना गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सफलताको शुभकामना व्यक्त गरे । 

एनसेलले देश तथा विदेशमा नेपाललाई प्रतिनिधित्व गर्ने हाम्रा राष्ट्रिय पारा खेलाडीहरूको सहयोगार्थ सम्पूर्ण पारा खेलाडीहरूको सीप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग सहकार्य गरेको छ ।

यस वर्ष पारा एसियन गेम्समा विभिन्न १० खेलका विधामा हाम्रा १९ जना पारा खेलाडीहरू आफ्नो देशको लागि खेल्नेछन् । एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, टेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस खेलमा नेपाल सहभागी हुनेछ । 

देशको विभिन्न कुनाबाट, थुप्रै चुनौतीहरू पार गर्दै आफ्नो सपना प्रति दृढ विश्वासका साथ अघि बढेका हाम्रा पारा खेलाडीहरू अन्तराष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्दै छन् । आफ्नो खेल प्रतिको उहाँहरूको लगनशीलता र इच्छा शक्तिको एनसेलले सम्मान गरेकाे कम्पनीले  जनाएकाे छ।

यही विश्वासलाई अझै एक बलियो साथ प्रदान गर्दै एनसेलले पारा खेलाडीहरूको समग्र विकास र आवश्यक प्रशिक्षणका लागि एनपीसीसँग सहकार्य गरेको छ । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘आज हामी सबैको लागि यो एक गर्वको क्षण हो । हाम्रा पारा खेलाडीहरू हौसला र साहसका एक उदाहरण र प्रेरणाका स्रोत हुन् । भिन्न क्षमता भएका वर्गहरूलाई सम्मान गर्दै उहाँहरूको सपनालाई साथ दिएर अघि बढाउन सहयोग गर्न एनसेल सदैव तत्पर छ । एनसेल र एनपीसीको यो सहकार्यले धेरैभन्दा धेरै पारा खेलाडीहरूको विकासमा सहयोग पुर्याउने विश्वास लिएका छौ ।'

राष्ट्रिय पारालम्पिक कमिटीका कोषाध्यक्ष ओमनाथ शिवाकोटीले भने ' देशका विभिन्न कुनामा रहेका हाम्रा पारा खेलाडीहरूको समग्र विकास र तालिमको लागि एनसेलसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ । पारा खेलाडीहरूको लागि भएको यो पहिलो सहयोग हो र हामी यस किसिमको पहलको लागि एनसेललाई धेरै धन्यवाद दिन चाहन्छौ । हाम्रो यो सहकार्य हाम्रा पारा खेलाडीहरूको हौसला र प्रत्येक खेलाडीहरूमा रहेको आत्म विश्वासको उपज हो र यस सहकार्यलाई थप प्रभावकारी बनाउँदै हाम्रा खेलाडीहरूको मनोबल सदैव उच्च हुने गरी काम गर्न हामी तत्पर छौ ।'

 पारा एथलिट (१०० मिटर र ४०० मिटर एथलेटिक्स) साङबु भोटेले भने , ‘ हाम्रा सपनाहरू ठूला छन् र यी सपनाहरू साकार पार्न दृढ संकल्पको हामीमा कमी छैन । हामी जस्ता खेलाडीहरूको सहयोगको लागि एनसेल एनपीसीको सहकार्यले हामीलाई अझै उत्साहित बनाएको छ र पारा एसियन गेम्सको लागि हामी तयार छौ ।'

पारा पौडी खेलाडी​ जेनिशा कडायतले भनिन् , ‘ जहाँ इच्छा त्यहाँ उपाय भन्ने भनाइ प्रति म साँच्चै विश्वास गर्दछु र यसै विश्वासका साथ यस यात्रामा अघि बढेको छु । यस अघि हामी जस्ता भिन्न क्षमता भएका खेलाडीहरूको लागि एनपीसी मात्र थियो भने अहिले एनसेल हाम्रो इनेब्लरको रुपमा हाम्रो क्षमता विकासको लागि सहयोग गर्न आउनु भएको छ र यसले हाम्रो हौषला र संकल्प दुवै प्रगाढ भएको छ ।'

पारा सुटिङ खेलाडी हिमाल अर्यालले भने, ‘ विभिन्न कठिनाईहरू र प्रतिकूलताबाट हामीलाई राष्ट्रिय स्तरको खेलाडी बनाउन एनपीसीको महत्वपुर्ण योगदान छ । हामी जस्ता भिन्न क्षमता भएका खेलाडीहरूको विकासका लागि एनसेल आबद्घ भएकोमा हामी अब यो यात्रामा एक्लै छैनौ भन्ने हाम्रो विश्वास छ र पारा एसियन गेम्सको लागि देशको प्रतिनिधित्व गर्न पाएकोमा हामी पारा खेलाडीहरू एकदमै खुसी छौँ।'

त्यस्तै, पावर लिफ्टिङ दिगमसिङ चेम्जोङले भने, ‘ हामी सबै पारा खेलाडीहरूको आ–आफ्नै अनुभवहरू छन् र यस अनुभवले हाम्रो सपना प्रतिको दृढ संकल्प उजागर गर्छ । यसै भरोसा र विश्वासलाई हातेमालो गर्दै पारा एसिएन गेम्समा इतिहास रच्ने आशाका साथ नेपालको प्रतिनिधित्व गर्दै छु ।'


Author

थप समाचार
x