अर्थ / बाणिज्य

कोका-कोलाकाे चाडपर्व लक्षित ‘सम्बन्ध उत्सव स्वाद संग’ अभियान पुनः अवलोकन

इकागज |
असोज ३०, २०८० मंगलबार २०:१८ बजे

काठमाडाैँ – कोका—कोला नेपालले आगामी चाडपर्व दसैँ र तिहारका लागि आफ्नो लोकप्रिय ‘सम्बन्ध उत्सव स्वाद संग’ अभियानलाई पुनः अवलोकन गर्दैछ।

दसैँ भनेको परिवारहरू एकजुट हुने, परिकार बाँड्ने र आफ्नो बन्धनलाई मजबुत बनाउने समय भएकाे बताउँदै कम्पनीले अभियानमा यही धारणालाई जोड दिन नेपालमा दसैँ र तिहारलाई प्रतिनिधित्व गर्ने कलाकृतिहरू देखाउने दुईवटा लेबलहरू राखिने जनाएकाे छ।


दुईवटा लेबलमा रहेका कलाकृतिले दसैँमा टीका लगाउने, तिहारमा दीयो बाल्ने र देउसी भैलो खेलेर मनाउने जस्ता गतिविधिहरू समेटेको छ। उक्त लेबलहरू कोका—कोला १ लिटर, १.५ लिटर र २.२५ लिटरका बोतलहरूमा उपलब्ध हुनेछन् ।

कोका—कोलाको  ‘सम्बन्ध उत्सव स्वाद संग’ अभियानले दसैँ र तिहारको भावनासँग पूर्ण रूपमा मिलेर एकता र पारिवारिक बन्धनको मूल नेपाली सिद्धान्तहरू झल्काउने बताइएकाे छ।

यो परम्परा, संस्कृति र रमाईला पलहरू कोका—कोलाको साथ बाँड्ने उत्सव भएकाे र यसले चाडपर्वको सिजनमा स्फूर्तिदायी स्पर्श थप्ने विश्वास कम्पनीले लिएकाे छ।

कोका—कोला बेभरेज नेपालका म्यानेजिङ्ग डाईरेक्टर, जी. दीपकसेन्थिल नाथले भने , ‘ कोका—कोला ५० वर्षदेखि नेपाली समाज र  उत्सवको एक हिस्सा रहेको छ जसमाथि हामी धेरै गर्व गर्छौँ । कोका—कोलासँग मानिसहरूलाई एकजुट बनाउन प्रतिबद्ध छौँ। हामी आशा गर्छाैँ  ‘सम्बन्ध उत्सव स्वाद संग’ अभियानले यो दसैँ र तिहारलाई नेपाल भरका परिवारहरूका लागि अझ विशेष बनाउन मद्दत गर्नेछ।'

 


Author

थप समाचार
x