अर्थ / बाणिज्य

तीनकुने गैरिगाँउस्थित पेट्रोल पम्प भ्याली बाबा सप्लायर्समा छापा

इकागज |
असोज ३०, २०८० मंगलबार १७:५५ बजे

काठमाडौँ- उपत्यका भित्र रहेका पेट्रोल पम्पका बारेमा गुनासो आएपछि प्रधानमन्त्री कार्यालय, आयल निगम लगायतले संयुक्त रूपमा अनुगमन गरेको छ ।

पेट्रोल पम्पका बारेमा गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को निर्देशनमा संयुक्त अनुगमन टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेको पेट्रोल पम्पमा अनुगमन गरेको हो ।


अनुगमनका क्रममा काठमाडौँको गैरीगाउँको भ्याली बाबा सप्लायर्सबाट कम परिमाणको तेल बिक्रीवितरण गरेको पाइएपछि पेट्रोल पम्पको एउटा नोजललाई शील गरिएको छ । परिमाण मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको अनुगमनमा संलग्न प्रधानमन्त्रीको सचिवालय सदस्य बिनोद न्यौपानेले जानकारी दिए ।

चाडपर्वको मौका छोपी उपभोक्तामाथि ठगी हुन सक्ने भएकाले अनुगमन गरिएको उनले बताए ।


Author

थप समाचार
x