अर्थ / बाणिज्य

निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी हुने

इकागज |
कात्तिक २, २०८० बिहीबार १८:१३ बजे

काठमाडौँ - गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भुक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब भुक्तानी हुने भएको छ ।

निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ । उक्त भुक्तानी दसैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।


अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले विभिन्न मन्त्रालय अन्तर्गतका परियोजनामा अघिल्लो आवको दायित्व भुक्तानी निकासा दिने निर्णय भएको जानकारी दिए । 


Author

थप समाचार
x