एपेक्स कलेज र आईएनजीबीच साझेदारीको घोषणा
काठमाडाैं । एपेक्स कलेजले इन्नोभेट नेपाल ग्रुप (आईएनजी) सँग साझेदारीको घोषणा गरेको छ । साझेदारीपश्चात् आईएनजीको नेतृत्वमा अन्तर्राष्ट्रिय पद्धति र अभ्याससहितको नवीनतम व्यवस्थापन र आईटी पाठ्यक्रम सम्मिलित अध्यापन गराइने विज्ञप्तिमार्फत जनाइएको छ ।
नेपालमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने कार्यको नेतृत्व गर्दै आएका दुई संस्थाहरूबीचको यो साझेदारीले एपेक्स कलेजमा उपलब्ध हुने सिकाइ, प्रविधि, माध्यम र श्रोतसाधनको थप विस्तार हुने छ । साथै नया साझेदारीपछिको अध्यापनले बजार सुहाउँदो, युवामैत्री र अविस्मरणीय कलेज अनुभव प्रदान गर्ने र नेपालमै उच्च शिक्षाको उन्नतिलाई सघाउ पुग्ने विश्वास छ ।
सन् २००० मा डा. मिनेन्द्र रिजालको नेतृत्वमा रहेको समूहले मानव पुँजी विकास गर्ने उद्देश्य राखेर स्थापना गरेको एपेक्स कलेजले नेपालको व्यवस्थापन शिक्षाका साथै समग्र शैक्षिक क्षेत्रमै दीर्घकालीन छाप छोड्न सफल भएको सबैमा बिदितै छ ।
२३ वर्षअघि पोखरा विश्वविद्यालयको सम्बन्धनमा बिबिए र बिसिआइएस कार्यक्रममार्फत आफ्नो सेवा आरम्भ गरेको थियो । यो कलेजले हाल समग्रमा १५ भन्दा बढी विशेषज्ञता सामेल स्नातक र स्नातकोत्तर दुवै तहका लागि मास्टर अफ बिजनेश एडमिनिस्ट्रेसन (एमबिए), एमबिए इभिनिङ, ब्याचलर अफ बिजनेश एडमिनिस्ट्रेसन (बिबिए), बिबिए इन ब्यांकिङ एन्ड इन्स्योरेन्स, बिबिए इन ट्राभल एन्ड टुरिज्म र ब्याचलर अफ कम्प्युटर सिस्टम एन्ड इन्फर्मेशन टेक्नोलोजी (बिसिएसआइटी) गरेर ६ प्रकारका विभिन्न शैक्षिक कार्यक्रमहरू संचालन गर्दैआएको छ । देशमा व्यावस्थापनमै सूचना प्रविधिको मिश्रण सहितको शैक्षिक कार्यक्रम संचालन गर्ने सबैभन्दा पहिलो कलेजको रूपमा चिनिएको एपेक्ससँग हाल विश्वभर छरिएका दक्ष व्यवसायिक व्यत्तित्वहरू, व्यावस्थाक तथा उद्यमीहरूको एक बलियो पूर्व विद्यार्थीको सञ्जाल रहेको छ । जसले यो कलेजलाई नेपालकै सबैभन्दा ठुलो मात्र नभइ एक प्रमुख बिजनेश स्कुलको रूपमा स्थापित गराएका छन् ।
इन्नोभेट नेपाल ग्रुप (आइएनजी) अन्तराष्ट्रिय योग्यता र विश्वव्यापी विज्ञतालाई स्थानीय सन्दर्भसँग मिश्रण गर्दै नेपाल लगायत केही एसियाली मुलुकहरुमा उच्च शिक्षामा नवीनतम प्रविधी भित्र्याउन लागिपरेको शिक्षा र प्रविधिमा काम गर्ने कम्पनी हो । आइएनजी समूहले गरेको अग्रणी कार्यहरूको सर्वत्र प्रसंशा भएको छ भने सन् २०१४ मा नेपाल सरकार शिक्षा मन्त्रालयले सो कार्यहरूलाई सम्मानित समेत गरीसकेको छ । अहिले आइएनजी समूहसँग इस्लिङटन कलेज लगायत विभिन्न विभिन्न ७ उच्च शिक्षा संस्थाहरू, माइ सेकेन्ड टिचर नामक अन्तराष्ट्रिय शिक्षा प्रविधी प्लाटफर्म, इन्नोभेट टेकको रूपमा एक स्थापित आइटी कम्पनी र साइवर सुरक्षा सम्बन्धी सेवा प्रदान गर्ने भैरव टेक्नोलोजिज लगायतका स्थापित व्यवसायिक संस्थाहरू आवद्ध छन् । जसले दक्षिणपूर्वी एसियाका विभिन्न देशमा शिक्षा प्रविधी क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै आएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया