अर्थ / बाणिज्य

'भेडा–च्याङ्ग्रा महंगाे भयाे'

इकागज |
कात्तिक ३, २०८० शुक्रबार १८:१९ बजे

भक्तपुर- भक्तपुरमा दसैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महङ्गो भएको गुनासो सर्वसाधारणले गरेका छन् । 

भक्तपुरको सल्लाघारी ल्याइएको भेडा–च्याङ्ग्राको मूल्य यस वर्ष महङ्गो परेको उनीहरूको गुनासो छ । व्यवसायीका अनुसार मुस्ताङबाट म्याग्दी, पर्वत, कास्की, तनहुँ, धादिङ, काठमाडौँ हुँदै भक्तपुरको सल्लाघारीसम्म भेडा र च्याङ्ग्रा ल्याउँदा लागत बढ्न गएको हो ।


उपत्यकामा काठमाडौँको कलंकी, बागबजार टुकुचा, भक्तपुर सल्लाघारी, बालाजु लगायतका ठाउँबाट खसी, बोका बिक्री हुँदै आएको छ । 


Author

थप समाचार
x