फलफूल लगायतका खाद्य सामग्रीको मूल्य दोब्बर महंगो भएको सर्वसाधारणकाे गुनासो
फाइल तस्बिर
काठमाडौँ- नेपालीहरूको महान चाड विजया दशमीको समयमा बजारमा फलफूल लगायतका खाद्य सामग्रीको मूल्य दोब्बरले महंगो भएको भन्दै सर्वसाधारणहरूले दुखेसो पोखेका छन् ।
उनीहरूले चाडपर्वमा समेत सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्दा सर्वसाधारणले दुःख पाएको बताए । चाडपर्वमा सरकारले सहुलियत दिनुपर्ने ठाउँमा चाडपर्वका लागि चाहिने चिनी लगायतका खाद्य सामग्रीको अभावसमेत परिपूर्ति गर्न नसकेको बताए । उनीहरूले बजारमा चिनीको अभाव र चामल लगायतका खाद्य सामग्रीहरूको गुणस्तरियता नभएको समेत बताए । विगतका वर्षहरूको भन्दा यस वर्षको दशैँको समयमा मूल्यवृद्धि दोब्बर रहेको उनीहरूको भनाइ छ ।
सर्वसाधारण दिनेश श्रेष्ठ, साजना देवकोटा र जगतनारायण नायकले स्याउ, अनार लगायतका फलफूलमा धेरै महंगी बढेको गुनासो गरे । उनीहरूले सरकारले महंगी नियन्त्रण गर्नुपर्ने बताए । सामग्रीहरूको आवश्यकता पूरा गर्न सक्नुपर्ने र जनतालाई दुःख दिनु नहुने उनीहरूको भनाइ छ ।
त्यस्तै फलफूल व्यापारी लक्ष्मी श्रेष्ठले सामग्रीको गुणस्तर हेरेर मूल्य बढेको बताइन् । उनले विगतको भन्दा यस वर्ष अनार, नरिवल पानीको मूल्य बढे पनि अरु फलफूलमा खासै मूल्य नबढेको बताइन् । उनले आफूले पसल राखेको सात वर्षमा पहिलो पटक व्यापार घटेको बताइन् ।
उनले यस वर्ष व्यापार नहुँदा व्यवसाय गर्न हरेस खानुपर्ने अवस्था सिर्जना भएको बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया