महासचिव गुटेरेसको प्राथमिकतामा नेपाल पर्नु खुसीको कुरा हाे : पर्यटन व्यवसायी
काठमाडौँ- संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको नेपालको चार दिने औपचारिक भ्रमणले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायीहरूले बताएका छन् । महासचिव गुटेरेसको औपचारिक नेपाल भ्रमणका क्रममा नेपालका ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदा स्थल पाटन दरबार क्षेत्र लगायत सगरमाथा क्षेत्रको अवलोकन, पोखरा र लुम्बिनीको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने बताएका हुन् ।
व्यवसायीहरूले भ्रमणका लागि संयुक्त राष्ट्र संघको महासचिव गुटेरेसको प्राथमिकतामा नेपाल पर्नु खुसीको कुरा भएको बताए । उनीहरूले कोभिड महामारी र सिथिल अर्थतन्त्र भएको अवस्थामा महासचिवको नेपाल भ्रमणले नेपाल भ्रमणका लागि सुरक्षित गन्तव्य रहेको सन्देश दिने बताए । पर्यटन व्यवसायीहरूले विश्वका मिडिया समेत महासचिव गुटेरेसको नेपाल भ्रमणमा केन्द्रित भएकाले नेपाल प्रचारप्रसार राम्रो भएको भन्दै नेपाल सरकार र व्यवसायीहरूले क्यास गर्नसक्ने गरी आगामी नीति तथा योजना बनाउन आवश्यक रहेको उल्लेख गरे ।
होटल संघ नेपालका अध्यक्ष विनायक साहले संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको नेपालको चार दिने औपचारिक भ्रमणले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने जिकिर गरे । उनले विश्वका मिडियाले महासचिव गुटेरेसको नेपाल भ्रमण गतिविधिमा केन्द्रित रहेकाले प्रचारप्रसार राम्रो भएको बताए । उनले महासचिव गुटेरेसले सगरमाथा क्षेत्रको अवलोकन, पोखरा, लुम्बिनी, पाटन दरबार सम्पदाको भ्रमणले विश्वमा ठूलो सन्देश गएको उल्लेख गरे ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष साहले नेपालको मनसुन पनि राम्रो भएको र पर्यटन आउने सिजन पनि सुरु भएको भन्दै महासचिवको भ्रमणले पर्यटन आगमनमा थप टेवा पुग्ने बताए । संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने उनकाे भनाइ छ । उनले महासचिवको भ्रमणबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताए । उनले पर्यटन वृद्धि गर्न सरकारका नीति र योजनाहरूको अहम् भूमिका हुने हुँदा निजी क्षेत्र र सरकार मिलेर पर्यटन प्रवर्द्धनका लागि काम गर्न जरुरी रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया