अर्थ / बाणिज्य

कति छ विदेशी मुद्राको विनिमय दर ?

इकागज |
कात्तिक १७, २०८० शुक्रबार ८:३० बजे

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।


राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ५० पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१ रुपैयाँ ८९ पैसामा कारोबारको अनुमति दिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०४ पैसा र बिक्री दर १६२ रुपैयाँ ७७ पैसा कायम हुँदा राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८५ रूपैयाँ ५६ पैसा तथा बिक्री दर ८५ रूपैयाँ ९५ पैसा, क्यानेडियन डलर ९६ रूपैयाँ १७ पैसा तथा बिक्री दर ९६ रूपैयाँ ६० पैसामा कारोबार गर्न अनुमति दिएको छ ।  

जापानी येन १० को खरिददर ८ रूपैयाँ ८४ पैसा तथा बिक्री दर ८ रूपैयाँ ८८ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ १६ पैसा तथा बिक्री दर १८ रूपैयाँ २४ पैसा कायम गरिएकाे छ ।

साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४३ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ५९ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ १८ पैसा तथा बिक्री दर ३६ रूपैयाँ २५ पैसा कायम हुँदा कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 


Author

थप समाचार
x