गभर्नर नै भन्छन् - नेपालको अर्थतन्त्र अनिश्चिताको भुमरीमा छ
फाइल फोटो
काठमाडौँ - नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र अनिश्चिताको भुमरीमा परेको बताएका छन् ।
शनिबार नेपाल आर्थिक पत्रकार संघको १५ औं वार्षिकोत्सवमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने समयमा आन्तरिक तथा अन्तर्राष्ट्रिय समस्याले अफ्ठ्यारो पार्ने गरेको बताए ।
उनले पछिल्लो समय अन्तर्राष्ट्रिय तथा आन्तरिक रुपमा नेपालको अर्थतन्त्रमा अनिश्चिताको भुमरी देखिएको बताए । उनले नेपालको अर्थतन्त्रमा भूकम्प र कोभिड महामारीले ठूलो असरपछि अन्तर्राष्ट्रिय रुपमा भएका रुस र युक्रेनको युद्ध नरम हुन नपाउँदै अर्को इजरायल र हमासको युद्ध र शुक्रबारको भूकम्पले थप असर पार्ने बताए । गर्भनर अधिकारीले बाह्य क्षेत्र सकरात्मक हुँदा त्यसको फाइदा लिन सक्नुपर्ने बताए । उनले सप्लाई चेन र बजार मूल्य निर्धारणको कारण मूल्यवृद्धि हुने गरेको बताए । उनले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर आयोजना छिटो टुङ्ग्याउँदा अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने बताए ।
उनले १२.७ महिनाको आयात र १०.३ प्रतिशत आयात र सेवालाई धान्ने क्षमताको विदेशी मुद्रा सञ्चिति रहेको भन्दै अर्थतन्त्रका यस्ता सकारात्मक पक्षलाई इग्नोर गरेर जान नमिल्ने बताए । उनले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर आयोजन छिटो टुंग्याउनुपर्ने बताए । गभर्नर अधिकारीले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर आयोजना छिटो टुङ्ग्याउँदा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया