लिभोनको नयाँ प्रोटिन श्याम्पू बजारमा
काठमाडाैँ – लिभोनले आधिकारिक रुपमै नेपालमा आफ्नो नयाँ प्रोटिनले सम्बृद्ध उत्पादन लिभोन प्रोटिन श्याम्पूको बिक्री वितरणको सुरुवात गरेको छ ।
कपालको हेरचाहका लागि लिभोन यस क्षेत्रमा आफ्ना नवीन समाधान युक्त उत्पादनहरूको लागि सुपरिचित भएकाे कम्पनीले जनाएकाे छ । यसले मानिसहरूलाई सुन्दर, स्वस्थ र आकर्षक कपाल बनाउनका लागि बलियो साथ प्रदान गर्ने विश्वास समेत कम्पनीले लिएकाे छ।
कपालको हेरचाहका लागि चाहिने विभिन्न आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएका उत्पादनहरूको फराकिलो दायराका साथ लिभोनले नेपालमा सन्तुष्ट ग्राहकहरूको एउटा ठूलो समर्पित पङ्क्ति बनाइसकेको समेत कम्पनीले जनाएकाे छ ।
लिभोन प्रोटिन श्याम्पूको सुरुवातले उच्चस्तरीय कपाल हेरचाहका समाधानहरू प्रदान गर्नका लागि ब्रान्डको समर्पणलाई प्रतिविम्बित गर्छ । उक्त अवसरलाई मनाउन लिभोनले कपालको हेरचाहमा उत्कृष्टता प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई जोड दिँदै उदाउँदा दुई नेपाली अभिनेत्रीहरू मुना गौचन र श्रद्धा सुवालसँग साझेदारी गरेको छ ।
प्रोटिनको सकारात्मक गुणले सम्पन्न उक्त श्याम्पू तीन फरक भेरियन्टमा प्राप्त हुनेछ (नरीशिङ केयर्, एन्ती हेयरफल र ड्यामेज रिपेयर) । नेपालमा बढ्दो प्रदूषण र धुलोका कारण कपालमा ज्यादा असर हुने हुँदा न्यू लिभोन श्याम्पूमा भएको प्रोटिन सोल्युसनले तपाईंको कपाललाई पुगेको क्षतिको रिपेयर गर्ने र यसलाई अझै सिल्की, चम्किलो र बलियो बनाउने कम्पनीले विश्वास लिएकाे छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया