अर्थ / बाणिज्य

'राज्यका नीतिगत त्रुटीका कारण उपभोक्ताहरू अन्यायमा परे'

इकागज |
कात्तिक २०, २०८० सोमबार १८:५ बजे

फाइल तस्बिर

काठमाडौँ- उपभोक्ता अधिकारकर्मीहरूले राज्यका नीतिगत त्रुटीका कारण उपभोक्ताहरू अन्यायमा परेको बताएका छन् ।

सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनीहरूले राज्यको नीति नियम कमजोर हुँदा उपभोक्ताहरू अन्यायमा परेको बताएका हुन् । उनीहरूले उपभोक्ता अधिकारका लागि संसदीय समितिहरूले पटक-पटक विभिन्न निर्णय दिँदा पनि कार्यान्वयन हुन नसक्नु दु:खद भएको बताएका थिए ।


बैठकमा उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारीले राज्यका निकायहरूबीच आपसी समन्वय नहुँदा बजारमा समस्या देखिएको बताए । माग र आपूर्तिको समन्वयका आधारमा उपभोग्य वस्तुको मूल्य राज्यले निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले उपभोक्ता हितका लागि बजारको एकाधिकार नियन्त्रण गर्न राज्य गम्भीर हुनुपर्ने बताए ।

बैठकमा समिति सदस्यहरूले बजार अनुगमनलाई निरन्तर गर्नुपर्ने, उपभोक्ता अधिकारका लागि आवश्यक नीति नियम परिमार्जन गर्नुपर्ने लगायतका सुझाव दिएका छन् । 


Author

थप समाचार
x