अर्थ / बाणिज्य

एमडीएमएस औपचारिक रूपमा लागू गरियोः मोबाइल बजार प्रोत्साहित

इकागज |
कात्तिक २१, २०८० मंगलबार १६:५८ बजे

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आजदेखि मोबाइल उपकरण व्यवस्थापन प्रणालीको आधिकारिक कार्यान्वयनले देशको मोबाइल उपकरण बजारमा एक महत्त्वपूर्ण कोसे ढुङ्गा स्थापित गरेको छ ।

यो नवप्रवर्तनशील पहलबाट नेपाली मोबाइल बजारमा उल्लेखनीय लाभहरूको अपेक्षा बनेको छ । साथै उद्योग पारदर्शिता र नियमनमा पनि सुधार हुने अपेक्षा गरिएको छ ।


एमडीएमएसको सबैभन्दा महत्त्वपूर्ण प्रभाव मध्ये एउटा नेपालको मोबाइल उपकरण बजार मार्फत राष्ट्रिय आय वृद्धिमा महत्वपूर्ण योगदान हुनेछ ।

दर्ता नगरिएका मोबाइलहरूमा यी नियमहरूको कार्यान्वयन गरि सरकारले उचित मात्रामा राजस्व संकलन गर्ने, जसले गर्दा वित्तीय स्थायित्व सुदृढ गरि सार्वजनिक सेवाहरूलाई समर्थन गर्ने सुनिश्चित गर्छ ।

एमडीएमएसले विश्व आर्थिक मन्दीसँग संघर्ष गरिरहेको समयमा देशलाई आर्थिक लाभ ल्याई आशाको किरण प्रदान गरेको छ ।

यसबाहेक, एमडीएमएस प्रणालीमा दर्ता भएका मोबाइलहरूका लागि भ्याट बिलहरू उपलब्ध गराएर वारेन्टी सेवाहरूलाई पूर्णरूपमा रुपान्तरण गर्ने सहजता दिनेछ, जसले ग्राहकको विश्वास बढाउनेछ र बिक्री पश्च्यातको सेवाको ग्यारेन्टी सुनिश्चित गर्नेछ ।

आर्थिक फाइदाहरूका अतिरिक्त, एमडीएमएसले आइईएमई नम्बरहरू रेकर्डिङ र ट्रयाक गरेर सुरक्षा पनि बढाउनेछ । चोरी वा हराएको मोबाइलको पत्ता लगाउन मा सहयोग गरेर, यसले मोबाइल फोनहरू संलग्न अपराधहरूलाई रोक्न र नेपाललाई सुरक्षित बनाउन मद्दत गर्नेछ ।

साथै, निष्पक्ष प्रतिस्पर्धालाई प्रोत्साहन गरेर, एमडीएमएस ले अवैध बजारको पहुँचलाई कम गर्नेछ, जसले रोजगारीका अवसरहरू मात्र सृजना गर्दैन तर व्यापारिक वातावरणमा विश्वास पनि बढाउनेछ ।

पारदर्शिता, आर्थिक विस्तार, र नेपालको मोबाइल उपकरण बजारको लागि राम्रो भविष्य एनटिएका एमडीएमएस पहलका परिवर्तनकारी प्रभावहरू मध्ये एक हुन्, जुन साधारण नियमनभन्दा परिस्कृत छ । एमडीएमएसले थप सुरक्षा र उत्तरदायित्व ल्याएर उद्योगलाई परिवर्तन गर्ने अपेक्षा गरिएको छ।


Author

थप समाचार
x