अर्थ / बाणिज्य

सरकारको सेडानको विद्युतीय ट्याक्सी मात्रै चलाउन सहमति दिने नीति गलत : कुलमान घिसिङ

इकागज |
कात्तिक २३, २०८० बिहीबार २१:२३ बजे

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा भित्रने सबै ब्राण्डका विद्युतीय सवारी सावरी साधनलाई अनुमति दिन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौँमा भएको राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल सफ्टवेयर सार्वजनिक कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन् ।

सरकारले चलिरहेको विद्युतीय ट्याक्सी मात्रै चलाउन सहमति दिने नीति लिनु गलत भएको उनकाे भनाइ छ  । उनले नेपालमा जुनसुकै ब्राण्डका ट्याक्सी आए पनि त्यो सबैलाई सहमति दिन आवश्यक रहेको जिकिर गरे ।


कार्यकारी निर्देशक घिसिङले नेपालमा व्यवसायीहरूले जुन ट्याक्सी ल्याउँछु भने पनि सबैलाई सहमति दिन आवश्यक रहेको बताए । उनले एक जनालाई मात्रै मानोपोली गर्न दियो भने त्यसको लागत र मूल्य सबै माथि रहने उल्लेख गरे । उनले विद्युतीय सवारी साधनहरूलाई पनि सडक अनुमति पत्र खुला गर्न आवश्यक रहेको बताए ।

सरकारले जुनसुकै ब्राण्डका ट्याक्सीहरूलाई पनि अनुमति दिने र पेट्रोलबाट चल्ने ट्याक्सीलाई विद्युतमा प्रतिस्थापनका लागि केही सहुलियत दिन आवश्यक रहेको पनि उनले उल्लेख गरे । निर्देशक घिसिङले नेपालमा १०० वटा सवारी साधन भित्रँदा ७० वटा विद्युतीय सवारी साधन मात्रै भित्रन थालेको बताए । उनका अनुसार अहिलेसम्म १० देखि १५ हजार विद्युतीय सवारी साधन भित्रिएको छ ।

पछिल्लो समय हरेक रुटमा विद्युतीय सार्वजनिक माइक्रो बस पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन भन्दा विद्युतीय सवारी साधनको लागत १५ गुणा सस्तो रहेको घिसिङकाे भनाइ छ । उनले अब बुझ्नेहरू मानिसहरू कसैले पनि डिजेल पेट्रोलबाट चल्ने सवारी साधन नकिन्ने दाबी गरे । उनले विद्युतीय सवारी साधन मात्रै सञ्चालन गर्न सके ६ खर्बको आयातलाई २० अर्बको विद्युत् खपत गर्दा पूर्ण रूपमा आयात प्रतिस्थापन हुने धारणा राखे ।

पाँच खर्बको डिजेल पेट्रोल आयातलाई बन्द गर्ने र ७ खर्बको निर्यात गर्ने हो भने नेपालको व्यापार घाटा शून्यमा झार्न सकिने उनकाे भनाइ थियाे ।


Author

थप समाचार
x