आँबुखैरेनीबाट सयपत्री कतार निर्यात
फाइल तस्बिर
तनहुँ- जिल्लाको आँबुखैरेनी गाउँपालिकाले पहिलोपटक दोहाको कतारमा सयपत्री निर्यात भएको छ । आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह र आँधीमूल आमा समूहले उत्पादन गरेका सयपत्री कतार निर्यात गरिएको हो ।
व्यावसायिक फूलखेती थालेसँगै बाहिरबाट खरिद गरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगरले जानकारी दिइन् ।
सधैं चुल्हो र चौकामा मात्र सीमित हुने यहाँका महिला पछिल्ला समय आयआर्जनतर्फ उन्मुख भएका अध्यक्ष आलेमगरले बताइन् । उत्पादनसँगै महिलाहरूलाई आयआर्जनमा जोड्न गाउँपालिका कार्यालयले फूलका बीउ अनुदानदेखि प्राविधिक सहयोगसम्म गर्दै आएको छ ।
दुवै आमा समूहले २१ रोपनी क्षेत्रफलमा लगाएको ३० हजार बोटबाट उत्पादित ८५ किलो फूल कतार निर्यात गरेका गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । प्रतिकिलो रु पाँच सय ५० का दरले फूल निर्यात गरिएको हो ।
दोहाको रिजेन्सी मार्केटस्थित सुदान फ्लावरले नेपालबाट फूल लगेको त्यसका सञ्चालक कविन्द्र कँडेलले बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया