नेपाली पर्वहरूलाई विश्वस्तरमा चिनाउनुपर्छ : मन्त्री किराती
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्वहरूलाई विश्वस्तरमा चिनाउन सक्नुपर्ने बताएका छन् । मंगलबार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
मन्त्री किरातीले नेपालमा हजारौँ हुने ति जात्राहरूलाई महोत्सवका रूपमा सञ्चलन गरी विश्वबाट पर्यटकहरू तान्नुपर्ने जिकिर गरे । उनले आजको पर्यटन नेपालीमैत्री हुनुपर्ने भनाइ राखे । उनले नेपाली पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्वसहितको हुनुपर्ने बताए ।
उनले भने, ‘नेपालमा हजारौँ जात्रा हुन्छन्, ती जात्राहरूलाई हामीले विश्वस्तरमा पुर्याउन सक्नुपर्छ । हामीले त्यस्ता जात्रालाई महोत्सवका रूपमा सञ्चालन गर्नुपर्छ । आजको पर्यटन नेपालीमैत्री हुनुपर्छ । प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्वसहितको हुनुपर्छ ।’
मन्त्री किरातीले आफू राम्रो बनेर अरूलाई खोट लगाउने संस्कृति विकसित हुँदै गएकोमा दुःख व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया