अर्थ / बाणिज्य

हिमालयन गोरखा नेटको अनुमति पत्र खारेज

इकागज |
मंसिर १४, २०८० बिहीबार १३:४७ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणले श्री हिमालयन गोरखा नेट प्रालिको अनुमति पत्र खारेज गरेको छ । 

प्राधिकरणका अनुसार गोरखा नेट प्रालिले अनुमति पत्र नवीकरण गर्न नचाहेकाले खारेज भएको हो । गोरखा हरामटारी ६ अनुमति पत्र न.फि.ज १.१२८ अनुमति खारेज भएको सबैमा जानकारी गराइएको छ । 


प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ,’ गोरखा नेट प्रालिले सूचना जारी गरेको ३० दिन भित्रमा तिर्नुपर्ने रकम बुझाउनुपर्ने छ । सूचना जारी गरेको समयमा कार्यालयमा सम्पर्क गर्नुपर्ने छ । अन्यथा प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने छ ।‘


Author

थप समाचार
x