विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड
काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
यहाँस्थित भारतीय राजदूतावास र अर्थ मन्त्रालयले बिहीबार संयुक्तरूपमा अर्थ मन्त्रालयमा आयोजना गरेको ‘परियोजना कार्यान्वयन समीक्षा बैठक’मा मन्त्री डा. महतले नेपालको आर्थिक उन्नयनका परियोजनामा नेपाललाई निरन्तर सघाएकामा भारत सरकारप्रति आभार व्यक्त गरे ।
उनले सहुलियतपूर्ण ऋणका साथै अनुदान सहयोगका आयोजनाहरूको शीघ्र कार्यान्वयनका निम्ति नेपाल सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
बैठकमा भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले गरेका थिए । त्यस अवसरमा दुवै पक्षले आपसी सहयोग र सहकार्यबारेमा पनि छलफल गरेका थिए ।
अर्थमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डलमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवं निकायका साथै भारतीय दूतावासका सम्बन्धित अधिकारीको सहभागिता थियो । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया