अर्थ / बाणिज्य

द्रुत बस सेवालाई विस्तार गरिन्छ : मन्त्री ज्वाला

इकागज |
मंसिर १५, २०८० शुक्रबार १४:५३ बजे

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवालाई विस्तार गरिने बताएका छन् ।

शुक्रबार काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालनमा रहेको द्रुत बस सेवाको अनुगमन गर्दै मन्त्री ज्वालाले यसलाई प्रभावकारी बनाउँदै अन्य रुटमा समेत सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । मन्त्री ज्वालाले चक्रपथलगाएत अन्य रुटमा सेवा विस्तार गर्न सकिने बताए । उनले सार्वजनिक सवारी यातायातलाई व्यवस्थित गर्दै सुरु गरेको सेवा सञ्चालनमा केही चुनौती र समाधान रहेको भन्दै त्यसलाई समाधान गर्दै दिगो बनाउने धारणा राखे ।


अनुगमनका क्रममा मन्त्री ज्वालाले सूर्यविनायकदेखि जडिबुटीसम्म द्रुत बसमा चढेरै बस सेवाको अनुगमन गरेका थिए । हाल सो रुटमा प्रत्येक ३-३ मिनेटको फरकमा ३६ वटा बस सञ्चालनमा रहेका छन् । 


Author

थप समाचार
x