बढ्यो सुनको मूल्य, चाँदी हालसम्मकै उच्च
काठमाडौँ – सुनको मूल्य एकै दिनमा १७ सय रुपैयाँले बढेको छ ।
आज सुनको मूल्य १७ सय रुपैयाँ बढेर प्रति तोला एक लाख २० हजार दुई सय रुपैयाँ पुगेको हो ।
गत शुक्रवार प्रति तोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बढेर एक लाख २० हजार दुई सय रुपैयाँ कायम गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी तोलामा हालसम्मकै उच्च अर्थात् एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया