अर्थ / बाणिज्य

नेपालगञ्जबाट रारा विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको विमान बिग्रियो

इकागज |
मंसिर १७, २०८० आइतबार २१:० बजे

फाइल तस्बिर

मुगु- नेपालगञ्जबाट रारा विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको टुइनटर विमान यहाँको विमानस्थलमा ग्राउन्डेड भएको छ ।

तीन जना यात्रु र विमान चालकसहितको टोली बोकेर आइतबार बिहान ११ बजे नेपाल एयरलाइन्सको नाइन एनएबियु कलसाइन रारा विमानस्थल पुगेको थियो । 


उक्त विमान १३ जना यात्रु लिएर नेपालगञ्ज उडान भर्ने तयारीमा रहँदा हवाई जहाजको ब्याट्रीमा समस्या आएपछि ग्राउन्डेड भएको हो ।

जहाजमा समस्या आएपछि तत्कालै नेपालगञ्जबाट इन्जिनियर झिकाई चेक गर्दा जहाजको ब्याट्रीमा समस्या देखिएकाले थियो । 

नेपालगञ्जबाट ब्याट्री झिकाएपछि मात्र १३ जना यात्रुसहित जहाज सोमबार नेपालगञ्जका लागि उड्ने नेपाल एयरलाइन्स रारा स्टेसन इञ्चार्ज नेत्र भामले जानकारी दिए ।

नेपालगञ्जका लागि नेपाल एयरलाइन्सको टिकट लिएका यात्रुहरू ताल्चाका होटलहरूमा आज बास बसेका छन् । रासस


Author

थप समाचार
x